
बेलडांगी शरणार्थी सिबिर) लगातार परेको मुसल्धारे पानीका कारण भूटानी शरणार्थी सिबिरका शरणार्थीहरुको जनजीवन अस्तब्यास्त बनेको छ। जताततै पानी पानी भएको छ। सिबिर आसपासका रतुवा, मौवा लगायतका नदीहरुमा पानी धेरै बडिसकेको छ। बेलडांगी १ शरणार्थी सिबिरका शरणार्थीहरु सिबिर छेउको रतुवामा आएको बाडीका कारण चिन्तित छन। सो नदीका छेउ छाऊका झुप्राहरुका शरणार्थीहरु अन्यात्रै सर्न थालेका छन। केही सरिसकेकाछन। अत्यधिक बर्षाका कारण सिबिर भित्रै पनि आवतजावत प्राय बन्द भएको छ। कक्षा कोठाहरु चुईइएका कारण बालबालिकाहरुको पढाईमा बाधा पुगेको छ। ठाऊँ ठाऊँमा भूटानीहरुका खर र चित्राका छानाहरु मक्काएकाले घर भित्र पोखरी जमेको देखिएको केही यस्ता पीड़ितहरु पुनस्थापना कार्यक्रम मार्फत बिदेशिएका शरणार्थीका पुराना छाप्राहरु तीर पनि सरेको पाइयो। तर यस्ता खाली घर हरु अत्यन्तै कम छन, प्राय सबै लड़ाई सकिएका छन


No comments:
Post a Comment